top of page

Multiple Positions – Kalimati Rural Municipality, Salyan, Karnali Province

२०२५ डिसेम्बर २२

Vacancies are open for the position of LACC Project Officer, Sub-engineer, Water Resource Technician, Social Mobiliser in Kalimati RM

(Specifications are provided in the attachment)


*************************************************

जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना (लक) अन्तर्गत स्थानीय सरकार/उपभोक्ता समितिहरूलाई प्राविधिक सहयोग गर्न तथा वन व्यवस्थापन, जीविकोपार्जन, सरसफाइ तथा स्वच्छता, खानेपानी, सिचाइ र सामाजिक परिचालन सम्बन्धी कार्यमा सहजीकरण गर्ने कार्यका लागि कालिमाटी गाउँपालिकामा परियोजना कार्यान्वयन इकाईका लागि तपसिलको योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट निम्न पदहरूको लागि रीतपूर्वक दरखास्त फारम पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ।


आवश्यक पदहरू:

  • जलवायु परिवर्तन स्थानीय अनुकूलन (लक) परियोजना अधिकृत

  • सब-ईन्जिनियर

  • जलस्रोत प्राविधिक

  • सामाजिक परिचालक


    अन्य विवरण:

-          पहिलो पटक सूचना प्रकाशित भएको मिति देखि १५ (पन्ध्र) दिनभित्र आवेदन कालिमाटी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय रामपुर, सल्यानमा कार्यालय समयभित्र बुझाउनुपर्नेछ । दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा त्यसको लगत्तै कार्यालय खुलेको पहिलो दिनको कार्यालय समय भित्र दरखास्त पेश गर्नु पर्नेछ।

-          विदेशी विश्वविद्यालय, विद्यालय वा संस्थानबाट जारी गरिएको शैक्षिक प्रमाणपत्र भएका आवेदकहरूले नेपालको आधिकारिक संस्थाबाट समकक्षताको प्रमाणपत्र पेश गर्नुपर्नेछ। आवश्यक समकक्षता प्रमाणपत्र बिनाका आवेदनहरू स्वीकार गरिने छैन।

-          कर्मचारीहरू परियोजना कार्य अवधीको एक वर्षे कार्यसम्पादनमा आधारित सेवा करारमा (कार्यसम्पादनको आधारमा नवीकरणको सम्भावना सहित) नियुक्त गरिनेछ ।

-          स्थानीय व्यक्तिहरू, महिला, दलित तथा पछाडि परेका जातीय समुदायका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ ।

-          विज्ञापन प्रकृयामा प्राप्त भएका आवेदनहरूलाई कालिमाटी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले कुनै कारण खुलाई वा नखुलाई स्वीकार वा अस्वीकार गर्न सक्नेछ ।

-          लिखित परीक्षा तथा अन्तर्वार्ता दुवै सञ्चालन गरिनेछ । छोटो सूचीमा परेका उम्मेदवारहरूको लागि लिखित परीक्षाको तालिका कालिमाटी गाउँपालिकाको सूचना पाटीमा प्रकाशित गरिनेछ ।

-          बिज्ञापनका प्रत्येक पदको सेवा सर्तहरु (ToR) र वैयक्तिक विवरण (CV) ढाँचा हेर्न कालिमाटी गाउँपालिकाको वेभ पेज डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । तोकिएको ढाँचाबाहेक अन्य ढाँचामा पेश गरिएको वैयक्तिक विवरण (CV) स्वीकार गरिने छैन ।

-          दरखास्त दस्तुरः- अधिकृतस्तरको लागि रु. 1200।–(अक्षेरुपी बाह्र सय मात्र), सहायक पाँचौस्तरको लागि रु. 700।–(अक्षेरुपी सात सय मात्र) र सहायक चौथोको लागि रु. 500।–(अक्षेरुपी पाँच सय मात्र) । दरखास्त दस्तुर कालिमाटी गाउँपालिकाको आन्तरिक खाता नं. 23401017500027 मा बैंक दाखिला गरि सो को भौचर आवेदनका साथ पेश गर्नुपर्ने छ ।



Contact details

LOCAL ADAPTATION TO CLIMATE CHANGE (LACC) PROJECT

Project Support Unit (PSU)ort

Simtali Chowk

Khajura, Birendranagar Municipality – 8

Surkhet, Karnali Province

NEPAL

Email: LACCProject@laccp.org.np

Phone number: 083590468​​​​

Office hours

Sunday-Thursday: 10:00-17:00

Friday: 10:00-15:00​​​​

Social media

  • Instagram
  • Facebook
  • LinkedIn

Copyright © 2025 by LACC Project, Nepal. All rights reserved.

Powered and secured by Wix.

bottom of page